
किशोर नेपाल/
अहिलेसम्मऔपचारिक हिसावले जनता–जनार्दनले थाहनपाएपनिप्रधानमन्त्रीके.पी.ओलीनयाँमिर्गौलाप्रत्यारोपणका लागि अमेरिकाजाने निश्चितभइ सकेकोछ । अमेरिकीकानूनअनुसार, कुनै जीवितमानिसको मिर्गौलाप्रमओलीकोशरीरमा प्रत्यारोपण गर्न सहज रुपले सम्भव भएमाउनी अमेरिका जानेछन । पहिलोपटक प्रमओलीको मिर्गौलाप्रत्यारोपण नयाँदिल्ली, भारतको अपोलो अस्पतालमाभएको थियो ।
बाह«बर्ष अघि अपोलो अस्पतालमाप्रत्यारोपण गरिएको मिर्गौला ‘डेट एक्सपायर्ड भएर’प्रमओलीको ज्यानधान्ननसक्ने भएकालेअतिरिक्त सावधानीकालागि दोस्रो पटकको प्रत्यारोपण अमेरिकामा गर्न लागिएको हुनुपर्दछ । भनिन्छ, भारतमा नै मिर्गौलाप्रत्यारोपण गरिएकी सुप्रसिध्दभारतीय नेता सुषमा स्वराजको निधनपछि प्रमओलीको मन अमेरिकातिर बढी नै बहकिएको हो । त्यो भन्दा बढी, जतिबेलाप्रमओलीले भारतमामिर्गौलाप्रत्यारोपण गराएकाथिए, त्यतिबेलाउनी नेपालको राजनीतिमा ‘कोही’ र ‘केही’थिएनन । अहिले उनी सर्वशक्तिमानप्रधानमन्त्री छन । उनलाई संसदकादुइतिहाइ सदस्यको समर्थन प्राप्त छ । देशकाउद्योगी, व्यवसायीउनको सेवामाहाजिर छन । कतिव्यवसायका त उनले ‘छायाँ स्वामित्व’ ग्रहण गरेका छन ।
प्रमओलीको उपचार हुनुपर्दछ र सहीउपचार हुनु पर्दछ ः यो कुरामाकुनैपनि नेपालीको दुइमतहुन सक्दैन ।जिजीबिषाअर्थात जीवनको चाहनामानिसको शाश्वत गुण हो । यसमा कसैले केहीभन्दैन । तै पनि, यतितर्क त गर्नै सकिन्छ, बाँच्नकालागिआबश्यकचिकित्सा ज्ञान देशमाउपलब्ध छैन भने छिमेकमाजानु स्वाभाविकहो । भारतले कालापानी– लिपुलेक– लिम्पियाधुरा सीमा अतिक्रमण गरेका कारण प्रमओलीउपचारका लागिभारत जाननखोेज्नु भएको हो भने यो कुनैतर्क भएन । कालापानी– लिपुलेकलिम्पियाधुरामा अतिक्रमण अहिले भएको होइन । पचास बर्ष अघिको त्यो दुर्घटनाको सम्झना, सरकारी आबश्यकताअनुसार, पटक पटक गर्ने गरिएकोछ नेपालमा । यसमाप्रमओलीले मनमातिक्तता राख्नुको कुनै अर्थ छैन ।
प्रधानमन्त्रीउपचारका लागिअमेरिका जाँदैछन भने त्यसको मीनमेख निकाल्नुपर्ने कुनै कारण छैन । राज्यबाट त्यति सुबिधापाउनकै लागिउनीप्रधानमन्त्री बनेका हुन । नेपालमा राजनीतिगर्नेहरुले देश बनाउने ठूलो आकांक्षा राखेका हुँदैनन । आफन्तलाई अवसर र आपूmलाई सक्दो सुबिधालिने भन्दा ठूलो कलेजो कसैको देखिएको छैन । क्यान्सरको उपचार नेपालमानहुने होइन । त्यो उपचार पध्दतिमानेताहरुको बिश्वास छैन ।क्यान्सरको उपचारका लागिअमेरिकाको त कुरै अर्कै हो । अमेरिका जाने सुबिधाउपलब्ध छ भने को जान्छ चितवन ! क्यान्सरमा मात्रहोइन, किडनीमा पनित्यही कुरा लागु हुन्छ ।
दिल्लीको एम्स अस्पतालमादिनको हजारौं मानिस स्वास्थ्यउपचारका लागि पुग्दछन । भारतकानेताहरु जो बिरामीभएपनिपुग्ने पहिलो अस्पताल एम्स नै हो । नेपालमापनिगतिलो अस्पतालनभएको होइन । जतिगतिलो भएपनियसले राजनीतिकमान्यतापाएको छैन । सरकारी र गैर सरकारी नेताहरु बीर अस्पतालजाँदैनन । किनभने त्यहाँउपचारका लागि गरीबहरु मात्र जान्छन ।दैनिकहजारौं गरीब जनतालाई सेवा दिन्छ बीर अस्पतालले । त्यसकोब्यबस्थापन चुस्तपार्ने हो भने नीजि क्षेत्रको अस्पतालभन्दा धेरै उच्चकोटीको उपचार दिन सक्दछ बीर अस्पतालले । स्तम्भकारको तात्पर्य प्रमओलीको मिर्गौलाप्रत्यारोपण यही गर्नुपर्छ भन्ने होइन ।
यतिपक्कै हो कि राष्ट्रिय गौरवको गाथागाउँदानथाक्ने हाम्रानेताजीहरु देशमाउपलब्ध गुणस्तरीय सेवाको पनिअवमूल्यनगर्दछन । प्रमओलीले आफनो स्वास्थ्योपचारका लागि अमेरिका जाने कुरा बताएका छैनन । तर, उनले जसप्रकार पार्टी र सरकारको ब्यबस्थापनगर्न खोजेका छन, त्यसलाई हेर्दा प्रमओलीकाआकांक्षाको भनक पाइन्छ । उनीबिश्वस्त छन, अमेरिकामामिर्गौलाको प्रत्यारोपणपछि उनी सत्तालाई रणनीतिक कौशलका साथहाँक्न सफलहुनेछन । उनले आफना उप–प्रधानमन्त्रीइश्वर पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्षपुष्पकमलदाहाल प्रचण्डकोअधिकारमा बढोत्तरी गर्दैछन ।
उप–प्रधानमन्त्रीइश्वर पोखरेललाई आपूmले गर्दै आएको कामगर्न अधिकार प्रत्यायोजनगर्नु स्वाभाबिकहो । तर, पुष्पकमलदाहाल प्रचण्डलाई पनिकार्यकारी अधिकार ‘हस्तान्तरण’ गर्ने उनको भनाइकम्तीमा प्रचण्डका मित्रहरुकालागि टीठ लाग्दो प्रवन्चनाहो । प्रमओलीले आफना समानान्तर अध्यक्षलाई आफूभन्दाजुनियर हैसियतमा राखेका छन । यसबाट प्रमओलीको मानसिक स्तरको जानकारी पाइन्छ ।
प्रमओलीको मानसिक स्तरको अर्को छनक पत्रकारिताको भाषाबारे उनको कथितबिचारबाट पाइन्छ । नेपालीभाषाका समाचारपत्रले आपूmलाई ‘तिमी’शब्दले संवोधन गरेको उनलाई मन परेको छैन । उनले त्यसमाखुलाबिवाद नै गरेका छन । नेपालकाकुनै पनि समाचारपत्रले उनको अवमानना गरेका छैनन । यत्तिहो, उत्तर कोरियाका समाचारपत्रले पहिलो पृष्ठमा राष्ट्रपतिको महिमागायन गरेजस्तो प्रमओलीको महिमागायनामा जुटेका छैनन ।नेपालकापत्रकारलाई जुनदिनत्यसोगर्न बाध्यतुल्याइएलात्यो दिनसर्वसत्तावादको अनुहार कुरुप प्रकट होला ।
प्रमओलीले दुइबर्षभित्र देशको मुहार फेरिने दावीगर्दै आएका छन ।
उनको यो दावीकाबिपरित देशको अवस्थादिनहूँबिग्रदो छ । देश संघीय पध्दतिमा गै सकेको छ । तर, केन्द्रीय सरकार यो पध्दतिलाई असफलबनाउनलागि परेको छ । केन्द्रीय सरकारका नब्बे प्रतिशतभन्दा बढी योजना र आयोजना धराशायीभएका छन । कर्मचारीतन्त्र, न्याय–प्रशासन, प्रहरी, सेना, शिक्षा, स्वास्थ्य सबैतिर गडबडी छ । यो गडबडीको समाधाननभएसम्मकुनहुति र हैसियतले प्रमओलीदुइबर्षमा देशको मुहार फेर्ने कुरा गर्छन ?निश्चयपनि, यस्ता कुराको कुनै तुक हुँदैन । कुनै सन्दर्भ पनिहुँदैन । नेताहरुले कहियै पनि नेपालीजनताको इज्जत गरेका छैनन । नेपालीजनताको प्रतिष्ठा राखेका छैनन । सरकारको नाममा पूरै अराजकतादेशको नियम बनेकोछ ।चाहे महरा काण्ड होस वाआलम काण्ड, यी काण्डहरुलाई हेर्ने सरकारी दृष्टिकोण गलत छ । जनताकहिल्यै गलतहुँदैनभन्ने मान्यता सार्वकालीकहो ।
अहिलेलाई नेपालीजनताप्रमओलीलाई सुस्वास्थ्यको शुभकामनादिन चाहन्छन । दिल्ली, लण्डन, न्यूयोर्क, पेचिंगजहाँगएपनि सुस्वस्थ्यभएर फर्किउन । राजनीतिकाहिसाबकिताबहुँदै गर्लान ।
प्रतिकृया दिनुहोस्