
जनकपुरधाम, साउन २ गते। चार दिनको अबिरल बर्षापछि आएको बाढीका कारण प्रदेश २ मा मृतकको संख्या बढ्दै गएको छ । मंगलबारसम्म ३२ जनाको मृत्यु भएको प्रदेश २ मा बुधबार थप तीन जनाको शव डुबेर मृत्यु भएको अवस्थामा फेला परेको छ ।
योसँगै प्रदेशमा बाढीको चपेटामा परी मृत्यु हुनेको संख्या ३५ पुगेको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार बुधबार सिरहा, धनुषा र महोत्तरीमा थप १÷१ व्यक्तिको शव फेला परेको छ ।
कार्यालयका प्रबक्ता एवं डिएसपी ज्ञानकुमार महतोका अनुसार रौतहटमा ९ जना, महोत्तरीमा ७ जना, धनुषा र सिरहामा ६÷६ जना, पर्सामा ४, बारामा २ र सर्लाहीमा १ जनाको बाढीका कारण ज्यान गएको छ ।
मृत्यु हुनेमा २१ जना बालबालिका नै रहेका छन् । अधिकांसको डुबेर, बगेर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबारसम्म वगेकाहरुको शव नदी किनारमा फेला पर्ने क्रम जारी रहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस्