Janakpur Today
No HTML5 audio playback capabilities for this browser. Use Chrome Browser!
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
No Result
View All Result
Janakpur Today
No Result
View All Result

प्रदेश २ मा महाभियोग लगाउन सक्ने कानून बन्यो

Janakpur Today by Janakpur Today
October 24, 2019
in जनकपुर टुडे विशेष, राजनीति
2k 20
0
2.4k
SHARES
12.6k
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, साउन २६ गते । प्रदेश २ को प्रदेश सभा कार्य संचालन नियमावलीलाई संशोधन गरिएको छ । नियमावलीको बिभिन्न धारा, उप धारा संशोधन गरिएको हो ।

संशोधन गरिएको नियमावली शनिबारको प्रदेशसभा बैठकमा सर्वसम्मतले पारित भएको छ । नियमावली संशोधन गरिएपछि प्रदेश २ सभामा महाभियोग लगाइने भएको छ । नियमावली संशोधन भएसँगै संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव भएका तथा खराब आचरण भएका सार्वजनिक पद धारण गरेका व्यक्तिबिरुद्व महाभियोगको प्रस्ताव दर्ता हुनेछ ।

इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेका वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको, अमर्यादित व्यबहार गरेको, सार्वजनिक पद धारण गरेको व्यक्तिबिरुद्व झुठा आरोप लगाइएको कारणले आफ्नो पदीय जिम्मेबारी पूरा गर्न नसकेको भन्ने आधारमा प्रदेशसभामा तत्काल महाभियोग दर्ता गर्नेगरी प्रदेशसभा कार्य संचालन नियमावली संशोधन गरिएको हो ।

प्रदेशसभामा कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले प्रदेश कानून बमोजिम महाभियोग लगाउन पाउनेछन् । तोकेको पदाधिकारीबिरुद्व महाअभियोगको प्रस्ताव पेश गर्नुपरेको आधार र कारण समेत खुलाई प्रस्ताव पेश गर्ने सूचना सचिवलाई दिएपछि सचिवले सभामुख समक्ष पेश गर्ने र यसपछि सात दिनभित्रको कुनै बैठकमा छलफल हुने गरी दिन र समय निर्धारण गरिनेछ ।

प्रदेशसभाको अधिवेसन चालू नरहेको अवस्थामा सदस्यले प्रस्ताव दर्ता गराएको मितिले बढीमा १५ दिनभित्र बैठक बस्ने गरी अधिवेसन आह्वानको माग गर्नुपर्ने हुन्छ । यसो गर्दा अधिवेसन प्रारम्भ भएको तीन दिनभित्रको कुनै बैठकमा महाअभियोगको प्रस्ताव उपर छलफल हुने गरी दिन र समय तोकिनेछ । तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक र सदस्यले महाअभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन् । र, निजले चाहेमा प्रस्ताव पेश गर्नुअघि बक्तव्य दिन सक्नेछन् ।

महाभियोगको कार्वाही प्रारम्भ भएपछि आरोपितले त्यस्तो कार्वाहीका टुँगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैनन् । प्रदेश कानून बमोजिमको कुनै व्यक्तिबिरुद्व महाअभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए÷नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि प्रदेशसभामा महाभियोग सिफारिस समिति बनयनेछ । प्रदेशसभाका ९ जना सदस्यहरु समितिमा रहनेछन् ।

समितिले महाभियोग लागेका व्यक्तिलाई सफाई पेश गर्न सात दिनको समय दिई अनुसन्धान गर्नेछ । सफाई सन्तोषजनक नभएमा वा तोकिएको म्यादभित्र त्यस्तो पदाधिकारी आफैं उपस्थित भई कुनै सफाई पेश नगरेमा महाभियोग सिफारिस समितिले आफ्नो सिफारिससहितको प्रतिवेदन सदनमा पेश गर्नेछ । महाभियोगको प्रस्तावमा छानबिन भई प्रमाणित भएमा र प्रदेशसभामा दुई तिहाई बहुमतबाट पारित भएमा सम्बन्धित पदाधिकारी स्वतः पदमुक्त हुनेछन् ।

Previous Post

थारु पत्रकार संघ नेपालको अध्यक्षमा जियालाल चौधरी निर्वाचित

Next Post

नेपाल उत्कृष्ट गरेकी आँचल सम्मानित

Janakpur Today

Janakpur Today

जनकपुर टुडे मेडिया ग्रुप प्रा.लि. द्वारा सञ्चालित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका प्रदेश नं. २ को लोकप्रिय पत्रिका हो ।

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

SEE : परिक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको पनि प्रश्न-पत्र ‘आउट’ , सामाजिक विषयको पनि परिक्षा रद्द हुने सम्भावना

October 25, 2019

सर्लाहीमा गोली चल्यो , विप्लवका जिल्ला इन्चार्ज पौडेलको मृत्यु

October 25, 2019

महोत्तरीका व्यवसायीमाथि काठमाडौंमा मधेशी, धोती र इण्डियन भन्दै निर्घात कुटपिट

October 25, 2019

प्रदेश २ : आठै जिल्लामा विज्ञानको परीक्षा रद्द, चैत्र २२ मा पुन: परिक्षा लिने

October 25, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २८ गते-PDF

December 14, 2019

शुरु भयो क्रसिङ्ग सिजन

December 13, 2019

बिष्फोट गराएर फिरौती माग्ने ४जना पक्राउ

December 13, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २७ गते-PDF

December 13, 2019

जनकपुर टुडे संचार समूह

Management
Mr. Brij Kumar Yadav
M: 9854020025,9801626025
P: 041-590100
E: [email protected]

बिज्ञापनको लागि

Marketing Manager
M: 9854026025, 9801626026
​P:  9854026018, 9801626018
E:  [email protected]
E:  [email protected]

अनलाइन सहायता

Surendra Singh
M: 9844445712
P: 041590101
E: [email protected]
E: [email protected]

© 2019 Janakpur Today | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर

© 2019 Janakpur Today | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In