
काठमाडौं, असार ९ गते । सांसदहरुले तराई–मधेस द्रुतमार्ग निर्धारित समयमै पूरा हुनेमा आशंका व्यक्त गरेका छन् ।प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा सांसदहरुले द्रुतमार्गको काम निर्धारित समयमै सम्पन्न हुनेमा आशंका व्यक्त गरेका हुन् ।
उनीहरुले डीपीआर निर्माणको कामसमेत अहिलेसम्म नसकिएको भन्दै दुई वर्षभित्रै आयोजना सकिन कठिन हुने बताए । डीपीआरको काम सक्न भइरहेको ढिलाइले लागतसमेत बताउने उनीहरुको भनाइ थियो । आयोजनाको कामलाई तत्काल तीव्रता दिनुपर्ने सांसदहरुको भनाइ थियो ।द्रुतमार्ग निर्माणका क्रममा देखिएको मुआब्जा विवादसमेत तत्काल हल गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
द्रुतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको छ ।सेनाले दुई वर्षभित्र काम सक्ने दाबी गर्दै आए पनि सांसदहरुले भने अझै पाँच वर्ष लाग्न सक्ने भन्दै सेनालाई स्पष्ट जवाफ दिन माग गरेका छन् ।बैठकमा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले पछिल्लो समय काममा ढिलासुस्ती भएको बताइन् ।उनले अब २ वर्ष मात्रै समय बाँकी रहेकाले कार्ययोजना बनाएर मात्रै काम गर्न सेनालाई सुझाव दिइन ।
प्रतिकृया दिनुहोस्