Janakpur Today
No HTML5 audio playback capabilities for this browser. Use Chrome Browser!
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर
No Result
View All Result
Janakpur Today
No Result
View All Result

प्रदेश २मा छुट्टै प्रदेश प्रशासन विधेयक ल्याउँदै

Janakpur Today by Janakpur Today
October 25, 2019
in प्रदेश, राजनीति
18 0
0
22
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

वीरजंग , जेष्ठ २० गते । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संविधानको भावनाअनुरुप प्रदेश सरकारले आफैँ सिडियो राख्ने विधेयक ल्याउन लागेको बताउनुभएको छ । प्रदेश प्रशासन विधेयक प्रदेशसभामा दर्ता भएको छ, रासससँग संक्षिप्त कुराकानी गर्दै उहाँले उक्त विधेयकमाथि सैद्धान्तिक छलफल भई सांसदहरुको सुझावलाई समेटेर विषयगत समितिमा पठाइएको र त्यहाँबाट आएपछि कानूनको रुप लिइने प्रक्रिया अगाडि बढ्ने छ भन्नुभयो ।

उक्त विधेयकका कारण प्रदेश नं २ को एउटै जिल्लामा दुई वटा सिडियो रहनेछन् भन्ने प्रश्नको जवाफमा मन्त्री यादवले संविधानको धारा ६ (१) अन्तर्गत नै प्रदेश सरकारले आफ्नै छुट्टै सिडियो राख्न लागेकाले यसमा विवाद गर्ने ठाउँ नरहेको स्पष्ट पार्नुभयो । प्रस्तुत विधेयकमा प्रदेशभित्र शान्ति सुव्यवस्था कायम राख्न, सर्वसाधारण जनताको सुविधा र सुशासन कायम राख्नका लागि प्रदेश प्रशासनसम्बन्धी कानून बनाउन वाञ्छनीय भएकाले यो विधेयक ल्याइएको मन्त्री यादवले बताउनुभयो ।

उहाँले प्रदेश २ को आठ वटै जिल्लामा प्रदेश प्रशासन अधिकारीको कार्यालय र आवश्यकताअनुसार प्रदेश प्रशासन अधिकारीको इलाका कार्यालय स्थापना गरिने जानकारी दिनुभयो । विधेयकले प्रदेश २ को प्रत्येक जिल्लामा शान्ति सुव्यवस्था कायम गर्नका लागि प्रमुख प्रशासन अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समन्वय समितिको व्यवस्था गरेको छ । प्रमुख प्रशासन अधिकारीले कर्फयु लगाउनेदेखि दङ्गा क्षेत्र घोषणा गर्न सक्ने अधिकार, प्रदेश प्रहरीसम्बन्धी अधिकार, मुद्दा मामिला तथा पुनरावेदनसम्बन्धी अधिकार प्रदान गरेको उक्त विधेयकमा उल्लेख छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र नेकपालेसमेत विधेयकका पक्षमा मतदान गर्ने स्थिति रहेको देखिन्छ । प्रदेशसभाको नेपाली काङ्गे्रस संसदीय दलका नेता रामसरोज यादवले संवैधानिक प्रावधानअनुसार नै प्रदेश सरकारले आफ्नो छुट्टै सिडियो राख्न ल्याउन लागेको विधेयक स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले सङ्घीय सरकारसँग सम्बन्धित नागरिकता, राहदानी जस्ता काम सङ्घीय सरकारको सिडियोले हेर्नेछन् भने प्रदेशअन्तर्गतका काम प्रमुख प्रशासकले हेर्नेछन् भन्नुभयो । हालसम्म प्रदेशसभामा प्रस्तुत भएको ३६ वटा विधेयकमध्ये १६ वटा विधेयक पास भएको प्रदेश २ का न्यायाधीवक्ता दीपेन्द्र झाले बताउनुभयो ।

Previous Post

जनकपुर अञ्चल अस्पतालमा बिचौलिया गर्ने व्यक्ति पक्राउ

Next Post

बालविवाह न्युनिकरण गर्न नौलो पहल, ‘बिहेको निम्तोमै उमेर खुलाउनुपर्ने’

Janakpur Today

Janakpur Today

जनकपुर टुडे मेडिया ग्रुप प्रा.लि. द्वारा सञ्चालित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका प्रदेश नं. २ को लोकप्रिय पत्रिका हो ।

प्रतिकृया दिनुहोस्

  • ताजा समाचार
  • ट्रेन्डिङ

SEE : परिक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको पनि प्रश्न-पत्र ‘आउट’ , सामाजिक विषयको पनि परिक्षा रद्द हुने सम्भावना

October 25, 2019

सर्लाहीमा गोली चल्यो , विप्लवका जिल्ला इन्चार्ज पौडेलको मृत्यु

October 25, 2019

महोत्तरीका व्यवसायीमाथि काठमाडौंमा मधेशी, धोती र इण्डियन भन्दै निर्घात कुटपिट

October 25, 2019

प्रदेश २ : आठै जिल्लामा विज्ञानको परीक्षा रद्द, चैत्र २२ मा पुन: परिक्षा लिने

October 25, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २४ गते-PDF

December 10, 2019
paper-today-banner-epaper

जनकपुर टुडे २०७६ मंसिर २३ गते-PDF

December 9, 2019

चन्द्रनिगाहपुरमा नगर स्तरिय हाजिरी जवाफ

December 9, 2019

कुस्तीमा स्वर्ण जितेकी संगीताले भनिन–पदक आमालाई समर्पण छ

December 8, 2019

जनकपुर टुडे संचार समूह

Management
Mr. Brij Kumar Yadav
M: 9854020025,9801626025
P: 041-590100
E: [email protected]

बिज्ञापनको लागि

Marketing Manager
M: 9854026025, 9801626026
​P:  9854026018, 9801626018
E:  [email protected]
E:  [email protected]

अनलाइन सहायता

Surendra Singh
M: 9844445712
P: 041590101
E: [email protected]
E: [email protected]

© 2019 Janakpur Today | Design by Webpal Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • राजनीति
  • प्रदेश
  • अर्थ
  • खेल
  • अपराध
  • शिक्षा सन्दर्भ
  • विज्ञान/प्रविधि
  • ई-पेपर

© 2019 Janakpur Today | Design by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In