
राकेश यादव
रौतहट, असार २२गते: प्रदेश सरकारले शहीद परिवारलाइ उपलब्ध गराएको दुधालु भैसी प्रति असन्तुस्टि जनाएको छ । कृषि ,भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले वितरण गरेका दुधालु भैसी प्रति शहीद परिवार असन्तुस्टि जनाएको हो ।
प्रदेश सरकारले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका मधेशी शहीदको परिवारलाइ जीविकोपार्जनको लागि एक एक बटा भैसी दिने गरेको घोषणा अनुसार शनिवार वितरण गरिएको भैसी प्रति शहीद परिवारहरु दुःख व्यक्त गरेका छन । लामो समय सम्म भएको मधेश आन्दोलनको बेला झुटो बोल्ने नेताको कारण छोरा ,श्रीमान , जीवन गुमाएको तथा शहीदको बलिदानीको भार्यांग बनाएर सत्तामाँ पुगेका मधेशी नेताहरुले भैसी खरीदमा पनि अनियमितता भएको आरोप लगाएको छ ।
रौतहटको राजदेवी नगरपालिका ७ मुड़वालावाका शहीद विद्यानन्द यादवको दाई उपेन्द्र प्रसाद यादवले भैसी पाएर खÞुशी हुनुको कारण शहीद परिवार र घाइते परिवार दुखी भएको प्रतिक्रिया दिएका छन । ४० देखि ५० हजारमा पाउने कमसल जातका भैसी दिएर शहीद परिवारको भावनामा सरकारले ठेस पुर्याएको उहाको कथन रहेको छ । आफुलाइ स्वच्छ छवि , ईमानदार भनिने नेता योगेन्द्र यादवको कार्य प्रति मधेश आन्दोलन देखि नै जनताहरु रुष्ट रहेका छन । झूठ बोल्नेमा पहिलो स्थान नै हासिल गरेको राज्य मन्त्री यादव प्रति विश्वास गरे आशा पूरा हुन नसक्ने स्थानियहरुको प्रतिक्रिया रहेको छ ।
नाकाबन्दीको बेलामा प्रदर्शनमा कम सहभागी हुने यादव रेडिओ मार्फत ठूलो ठूलो भाषण दिने गरेको अहिले सम्म स्मरण रहेको उनीहरुको भनाइ रहेको छ । ७ किलो दूध आउने दावी गरिए पनि भैसीको शारीरिक बनावट हेर्दा २ देखि ३ किलो सम्म दूध दिन सकने अवस्था रहेको छ । उनीहरुले सरकारले उन्नतजÞातको राम्रो खालको भैसी नदिएर बलिदानीको उपहास गरेको टिप्पणी समेत गरेका छन ।
प्रतिकृया दिनुहोस्